सीके राउतका कार्यकर्तालाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ - जनकपुरमा ईन्जिनियर राजेश कुशवाहा दुर्व्यबहारको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसनले काठमाडौंमा प्रदर्शन गरेको छ ।
आइतबार काठमाडौंको माइतिघरमा भेला भएर एशोसिएसनले कर्मचारीमाथिको दुर्व्यवहार बन्द हुनुपर्ने र घटनाका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।
गत कात्तिक ४ गते संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको थियो ।
दोषिमाथि उचित कानूनी कारबाहीको माग गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले देशव्यापी रुपमा आन्दोलन गरेको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया