बिमल घर्ती मछिन्द्र क्लबमा अनुबन्ध
काठमाडौँ – ‘ए’ डिभिजन क्लब मछिन्द्र क्लबले बिमल घर्तिमगरलाई क्लवमा अनुबन्ध गरेको छ । काठमाडौँमा आइतबार मछिन्द्रले बिमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको अवधि एक सिजनको रहेको छ ।
फरवार्ड बिमलले गत सिजन पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । त्यस्तै उनले मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागिता जनाएका थिए । सम्झौतापछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए । यो वर्ष सुरुवातमै खेल्ने प्रयास गर्ने र टिमलाई उपाधि जित्न सहयोग गर्ने उनले बताए ।
त्यस्तै क्लबका उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए । यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया