उपत्यकामा थपिए २०९ संक्रमित
सक्रिय संक्रमित २५ सय भन्दा कम

काठमाडौँ- उपत्यकामा २०९ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौँमा १५९, ललितपुरमा ४१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् ।
यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा सक्रिय संक्रमित २ हजार ३९३ जना छन् । काठमाडौँमा १२८३, ललितपुरमा ५५४ र भक्तपुरमा ५५६ जना छन् ।
काठमाडौँमा सक्रिय संक्रमित १२८३, संक्रमणमुक्त २ लाख ४५ हजार ३०२, मृत्यु २१८२ र कुल संक्रमित २ लाख ४८ हजार ७६७ संक्रमित देखिएको छ । भक्तपुरमा सक्रिय संक्रमित ५५६ , संक्रमणमुक्त २८ हजार ६६६, मृत्यु ४३२ र कुल २९ हजार ६५४ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५५४, संक्रमणमुक्त ४७ हजार ९९२, मृत्यु ६८२ र कुल संक्रमित ४९ हजार २२८ जनामा संक्रमण देखिएको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया