बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मंगलबजारमा

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुरको मगंलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ललितपुरको मंगलबजारमा आजदेखि नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २ सय ८२ पुगेको छ ।

बैंकले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७६ जिल्लामा २ सय ८२ शाखा, २ सय ५१ एटीएम, २ सय ६० शाखा रहित बैंकिङ्ग सेवा तथा  ४८ एक्सटेन्सन काउन्टर रहेको जनाएको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउन काउन्टर स्थापना गरी सेवा दिँदै आएको छ ।