सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

इटालीमा क्रिसमस र नयाँ वर्षमा कोभिड नियन्त्रणका थप उपाय अपनाइने

कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड-१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ । 

प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा गर्नुभएका ती उपायहरूमा पर्वका समय हुने आवतजावत र सामुहिक भोजभतेरमा नियन्त्रण रहेका छन् ।

सरकारले सोमबारदेखि १५ दिन लागु हुनेगरी जनवरी ६ सम्मका लागि इटालीको सम्पूर्ण भागलाई कोभिड-१९ माहामारीका कारण हुने ‘खतरा’ को सुचीमा राख्दै सङ्क्रमण नियन्त्रणका लागि कडाभन्दा कडा नियम लागू गरेको छ । इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नागरिकले पर्वका समय साथी वा आफन्तसँगको भेटका लागि दिनमा एक पटक मात्र घर छोड्न पाउनेछन् भने अति आवश्यक कामका लागिबाहेक एक प्रशासन क्षेत्रबाट अर्कोमा जान पाउने छैनन् । त्यसैगरी आगामी डिसेम्बर २४ बाट लागू हुनेगरी देशभर बार तथा रेष्टुरेण्ट बन्‍न रहने छन् ।

कोन्टेले भने, 'हाम्रा विज्ञहरूले क्रिसमस र नयाँ वर्षमा हुने जमघटका कोभिड कारण सङ्क्रमण बढ्नसक्ने बताएका छन् । महामारी पुनः फैलिन नदिनका लागि हामीले यो बाध्यत्मक निर्णयलाई लागु गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेका छौँ ।'

सरकारले खाद्यान्‍न पसल, सैलुन, फार्मेसी तथा कपडा धुने पसल (सेवा) लगायतका अन्य केही सेवालाई भने खुला गर्न अनुमति दिएको छ । इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

करिब ६ करोड जनसङ्ख्या रहेको इटलीलाई यूरोपेली समुदायको प्राचीन महत्वको स्थानका रूपमा लिने गरिन्छ । इटलीमा महामारीका कारण अहिलेसम्म ६८ हजार मानिसले ज्यान गुमाएका छन् भने १९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारको निर्णयलाई इटलीका नागरिकले सहज लिएका बताइएको छ । (एएफपी)

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…