पाकिस्तान र भारतबीचको खेलका मुख्य पाँच बुँदा
काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपमा आइतबार राति पाकिस्तान र भारत आमनेसामने भए । कुनै पनि विश्वकपमा यसअघि भारतलाई हराउन नसकेको पाकिस्तानले यसपाली सबैलाई छक्क पार्यो । चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १० विकेटले हरायो । दुबईमा प्राप्त सफलताका कारण पाकिस्तान खुशीयाली मनाइरहेको छ ।
पाकिस्तानले ऐतिहासिक जित दर्ता गरेपछि यस खेलबारे विश्वभर चर्चा भइरहेको छ । दुई टिमको प्रदर्शनको विश्लेषण भइरहेको छ । यस आलेखमा दुई छिमेकीबीच भएको खेलको पाँच मुख्य पक्षबारे चर्चा गरिनेछः
दुनियाँमा केही कुरा पनि स्थायी छैन
खेलकुदमा मात्र होइन, कुनै पनि क्षेत्रमा केही कुरा पनि सधैँ एकैनास रहँदैन । न त सफलता र असफलताकै आयु हुन्छ । कुनै पनि खेलमा सधैँ एउटै टिमको दबदबा रहँदैन । क्रिकेटमा पनि यही तथ्य हो । पाकिस्तानले भारतलाई विश्वकपमा कहिल्यै पनि हराउन सकेको थिएन । सायद पाकिस्तानी समर्थकले पनि भारतलाई पराजित गर्न सकिन्छ भन्ने आशा राखेका थिएनन् । अनि भारतीय समर्थकमा भने पाकिस्तानलाई त सजिलै हराउन सकिन्छ भन्ने आत्मविश्वास रहेको हुनुपर्छ ।
तर आइतबारको नतिजाले सबैको अनुमानले फेल खायो । पाकिस्तानी टिम मानसिकरुपमा तयार रहेको देखियो, भारतलाई सशक्त रुपमा चुनौती दिन । जब कुनै पनि टिम मानसिक रुपमा बलियो बन्छ, तब नतिजा उसको पक्षमा जाने सम्भावना बढ्छ नै । अब प्रश्न उठेको छ, भारतलाई हराएपछि पाकिस्तानको विश्वकप जित्ने सम्भावना बढेको हो ? के फेरि आमने सामने हुँदा पाकिस्तानले भारतलाई माथ खुवाउन सक्छ ? ओडीआई विश्वकपमा पाकिस्तानले भारतविरुद्ध कस्तो प्रदर्शन गर्ला ? यी तमाम प्रश्नहरूको जवाफ अहिल्यै नै कसैले दिन सक्दैन । यसको जवाफ समयले नै देला ।
पाकिस्तानको जितका कारण सुपरस्टारहरू
अहिलेको पाकिस्तानी टिममा तीन खेलाडीलाई सुपरस्टार मान्न सकिन्छ । ती हुन्, बाबर आजम, मोहम्मद रिज्वान र शाहिन अफ्रिदी । यी तीनै खेलाडीले आइतबार पाकिस्तानका लागि निर्णायक प्रदर्शन गरे । बाबर र रिज्वानले उत्कृष्ट ब्याटिङ गरे भने शाहिनले तीन विकेट लिए ।
यी तीनबाहेक पाकिस्तानमा अन्य प्रतिभाशाली खेलाडीहरू पनि छन् । तर टिमका अन्य खेलाडीलाई ढाडस दिने नेतृत्वकर्ता बाबर, रिज्वान र शाहिन नै हुन् । जब यी खेलाडी चल्छन्, तब पाकिस्तानले जित्ने सम्भावना बढ्छ । भारतसँगको खेलमा हरिस राउफ र शाहदब खानको प्रदर्शन पनि हेर्न लायकको थियो । तर पाकिस्तानी टिमको निर्माण बाबर, रिज्वान र शाहिन वरिपरी नै हुनुपर्छ ।
बाबर र रिज्वनको रोटेसन र फिटनेस
भारतलाई हराउन पाकिस्तानले १५२ रन बनाएको थियो । त्यसमध्ये ७८ रन चौका र छक्काबाट संकलन भएको थियो । बाँकी रन भने बाबर र रिज्वनले एक रन, दुई रन गर्दै जोडे । यसले के देखाएको छ भने, टी–ट्वान्टी खेल चौका र छक्कामा मात्रै निर्भर छैन । अनि बाबर र रिज्वनको फिटनेसको तारिफ गर्नु पर्ने आवश्यकता पनि छ ।
विराट कोहलीको टिम छनौट
विराट कोहली नेतृत्वको भारतीय टिम हरेक विभागमा पाकिस्तानभन्दा बलियो रहेको मानिन्छ । उसले टिम छनौट गर्दा एक वा दुई खेलाडी परिवर्तन गर्दा पनि खासै फरक नपर्ने अवस्था छ । यद्यपि यसो भनिरहँदा हार्दिक पान्ड्यालाई कोहलीले मौका दिरहेकोबारे प्रश्न उठेको छ । पान्ड्यालाई अलराउन्डर मानिएको छ तर उनको बलिङ देखिएको छैन । बलिङ नगर्ने ‘स्पेसलिस्ट’ ब्याटर किन सात नम्बरमा चाहिएको ? पान्ड्याको स्थानमा इशान किसानलाई खेलाउने विपकल्प पनि छ कोहलीसँग । तर कारणवश किसानले मौका पाइरहेका छैनन् ।
जित नै चाहिएको थियो पाकिस्तानलाई
पाकिस्तानमा विभिन्न समस्या देखा परिरहेका छन् । संघीय राजधानी इस्लामावादमा विभिन्न समूहको आन्दोलन जारी छ । आन्दोलनमा केही दिनअघि पेट्रोल बम पनि पड्काइयो । पाकिस्तानभर विद्युतको मूल्य बढेको छ । त्यसमाथि खाना पकाउने ग्यासको अभाव सिर्जना भएको छ । छिमेकी अफगानिस्तानको राजनीतिक घटनाक्रमले पाकिस्तानलाई पनि असर पार्ने निश्चित छ । यस्तोमा पाकिस्तानी नागरिकका लागि खुशी हुने मौकाको खाँचो थियो । भारतमाथिको विजय यही मौका बनेर आइपुगेको छ ।
अबको केही दिन पाकिस्तानमा खुशीयाली छाउनेछ । पाकिस्तानले विश्वकप जितिहालेको छैन, तर वर्षौदेखि जित्न चाहिरहेको खेलमा भने उ सफल भएको छ । विश्वकप उपाधि आफ्नो पोल्टामा आओस् वा नआओस्, पाकिस्तानी समर्थक उल्लासमा छन् । पाकिस्तानी अखबार डनबाट

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया