पाँचथर दुर्घटना: चार जनाको मृत्यु, ६१ घाइते (अपडेट)

विराटनगर- पाँचथरको फिदिम नगरपालिका-४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बसका चालकसहित ६१ जना घाइते भएका छन् ।सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा बसमा सवार रहेका मोरङको लेटाङ नगरपालिका-६ का ७ वर्षीय बालक प्रज्वल मगर, ईलामकी ३४ वर्षीया प्रमीला देवान, उनको ७ महिने छोरा निश्चल देवान र अर्की एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापातर्फ पठाएको तथा अन्य घाईतेहरूको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीले दुर्घटना हुनुको कारणबारे अनुसन्धानअघि बढाएको जनाएको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया