ओलीद्वारा झापाकै पहिलो कृषि होमस्टे उद्घाटन

बिर्तामाेड – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाकै पहिलो कृषि होमस्टेको उद्घाटन गरेका छन् । गौरादह नगरपालिका–५ मा रहेको नमूना होमस्टे ओलीले सोमबार उद्घाटन गरेका हुन् ।
आइतबारदेखि गृह जिल्लामा रहेका ओलीले आफ्नो निर्वाचन क्षेत्रमा कृषि पर्यटन प्रर्वद्धनका लागि बनाइएको कृषि होमस्टे, कोसेली घर र ज्येष्ठ नागरिक मिलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले एक करोड २० लाख रूपैयाँ लागतमा घरबास बनाएर सञ्चालनमा ल्याएको नमूना एकीकृत कृषि सहकारी सहकारीका अध्यक्ष बेदनिधि चापागाईंले बताए ।
पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब ३० किलोमिटरको दक्षिणमा रहेको यो होमस्टे देशका विभिन्न सहकारीबाट नमूनाखेती अवलोकन भम्रणमा दैनिक आउने पाहुनाका लागि बनाइएको उनले जानकारी दिए । संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जमिनमा निर्माण भएको होमस्टेमा आठ वटा सुविधा सम्पन्न कोठा र ८० जना अटाउने क्षमताको एउटा तालिम कक्ष रहेको छ ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया