थपिए ७७६ कोभिड संक्रमित, १३ को मृत्यु

काठमाडौँ- देशभर आज ( सोमबार) कोभिड संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३६१ संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७६ संक्रमित थपिएका छन् । १० हजार ८६४ जनाको कोभिड परीक्षण गरिएको थियो ।पीसीआर परीक्षणबाट ६७३ र एन्टीजेन्ट विधिबाट १०३ जनामा कोभिड पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ८८ हजार ८ जना संक्रमणमुक्त भइसकेका छन् । देशभर सक्रिय संक्रमित १० हजार ३६० जना छन् ।
आईसीयूमा २५४ र भेन्टीलेटरमा ७४ उपचाररत छन् । होम आईसोलेशनमा ९ हजार ६१७, संस्थागत आईसोलेशनमा ७४३ र क्वारेन्टाइनमा २१९ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया