कन्काई र ललितपुर नकआउट चरणमा
महिला फुटबल लिग छनौट

काठमाडौँ- कन्काई नगरपालिका र ललितपुर महानगरपालिकाले सोमबार उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौटको नकआउट चरणमा स्थान पक्का गरेका छन् । कन्काई समूह ‘ए’ को विजेता र ललितपुर समूह ‘बी’को विजेता बन्दै छनौटको नकआउट चरणमा पुगेका हुन् ।
ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा जारी प्रतियोगितामा झापाको कन्काईले सोमबार सर्लाहीको बागमती नगरपालिकासँग १–१ को बराबरी खेल्यो । बराबरीसँगै दुई टिमको समान सात–सात अंक भयो । तर गोल अन्तरको आधारमा कन्काई अघि बढ्यो ।
सोमबार नै भएको अर्को खेलमा ललितपुर कालिका नगरपलिकासँग १–१ को बराबरीमा रोकियो । आफ्नो पछिल्लो खेलमा कागेश्वरी मनहरा नगरपालिकालाई पराजित गरेको ललितपुरले दुई खेलबाट चार अंक संकलन गर्यो र नकआउटका लागि छनौट भयो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया