दिक्तेलमा जुवाको खालबाट नगदसहित पाँच जना पक्राउ

दिक्तेल – खोटाङको दिक्तेल बजारमा जुवा खेलिरहेका पाँच युवालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । बजारको हस्पिटलचोकस्थित हरि जोशीको घरमा डेरा गरी बस्ने हीराधन राईसहित पाँचजना युवालाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटेको टोलीले सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३३ वर्षीय वसन्त राई, सोही स्थानका ३८ वर्षीय टीकाराम राई, साकेला गाउँपालिका–५ मात्तिमका २७ वर्षीय हीराधन राई, सोही स्थान बस्ने २२ वर्षीय सौरभ गुरुङ र उदयपुर घर भई दिक्तेल बस्दै आएका २४ वर्षीय खोमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
जुवाको खालबाटै रंगेहात पक्राउ परेका उनीहरूका साथबाट नगद ७१ हजार २० रूपैयाँ र एक बुङ ताससमेत बरामद गरिएको प्रमुख लम्सालले जानकारी दिए । पक्राउ परेका पाँचैजना युवाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जुवा कसुरअन्तर्गत मुद्दा दर्ता गर्नाका साथै हिरासतमा राखेर कानुनी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय खोटाङले चाडबाड लक्षित सुरक्षा सतर्कतालाई कडाइका साथ पालना गरेको जनाएको छ । चाड पर्वको समयमा जिल्लामा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले रातको समयमा जिल्ला प्रवेश गर्ने विभिन्न नाका तथा भीडभाड हुने स्थानहरूमा प्रहरी गस्ती टोली परिचालन गरेको छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

प्रतिक्रिया