भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

भारत- भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो ।
भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २३९ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.४९ प्रतिशत मात्रै हो ।त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८.१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । (एएनआई)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया