स्वस्तिमासँग निश्चलको ‘चट्ट रुमाल’

काठमाडौं : अहिले मनोरञ्जनमा म्युजिक भिडियोको दबदबा छ । दिनकै ३० वटासम्म गीत सार्वजनिक हुने गरेको पत्याइनसक्ने आँकडा छ । फिल्मका हिरो हिरोइन म्युजिक भिडियोमा व्यस्त छन् । म्युजिक भिडियोको यो माहोलले निश्चल बस्नेतलाई पनि तानेको छ । महेश काफ्लेको आवाजमा रहेको गीत ‘नाच फिरिरी’ निर्देशन गरेका निश्चल दोस्रो पटक म्युजिक भिडियो निर्देशन गरेका छन् ।
आइतबार उनले ‘चट्ट रुमाल’ बोलको गीतको सुटिङ गरे । अघिल्लो पटक अरुको आवाजलाई निर्देशन गरेका निश्चलले यो पटक भने गीत पनि आफैं गाएका छन् । रोशन थापाको संगीत रहेको गीतमा उनले निर्देशनसँगै अभिनय पनि गरेका छन् । आवाजमा भने उनले मुस्कान रानाभाटको साथ लिएका छन् जो नेपाल आइडलको तेस्रो सिजनकी प्रतिस्पर्धी थिइन् ।
अभिनयमा भने उनले स्वस्तिमा खड्कासँग जोडी बाँधेका छन् । निश्चलले फिल्मका लागि भनेर राखेको गीतको म्युजिक भिडियो बनाएको बताए । ‘गीत मन परेर फिल्ममा राख्नु पर्यो भनेर राखिराखेको थियौं । तर, फिल्म कहिले कहिले भन्ने जस्तो छ । दसैंको मुखमा रमाइलो खालको गीत जाओस् भनेर सुटिङ गरियो,’ निश्चलले भने, ‘लोकलयमा डान्सिङ नम्बरको गीत छ । चाडपर्वमा मज्जाले नाच्न मिल्छ ।’ निश्चलले गीत दसैंअघि नै सार्वजनिक गर्ने तयारी गरिरहेको पनि बताए । निश्चल र स्वस्तिमाले म्युजिक भिडियोमा सहकार्य गरेको यो दोस्रो अवसर हो । यसअघि उही ‘नाच फिरिरी’मा निश्चल र स्वस्तिमा सँगै देखिएका थिए ।
निर्देशन पछि बस्नेतको रूची गायन हो । आफ्नो पहिलो चलचित्र ‘लुट’मै गायकी देखाएर दर्शक-स्रोताको माया जितेका निश्चलले त्यसयता थुप्रै चलचित्रको पार्श्र्व गायन गरेका छन् । ‘पर्व’ फिल्मको ‘काले दाइ’, ‘बुलबुल’को ‘खुद्राखाद्री’ ‘गरुण पुराण’को ‘म त पिरिममा पर्याछु’ उनको आवाजमा हिट भएका केही प्रतिनिधि गीत हुन् ।

तमिल पावरस्टार श्रीनिवासन ठगी मुद्दामा प्रकाउ

बलिउड अभिनेता राजकुमार रावले गरे अदालतमा आत्मसमर्पण

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

प्रतिक्रिया