कार्यपालिका भित्र भागबन्डा खोजेको आरोप लागेका प्रधानन्यायाधीश राणाको तलब कति छ ?

काठमाडौँ– सरकारभित्र पनि विभिन्न पदमा भागबन्डा खोजेर न्यायपालिकाको निष्ठा समाप्त पार्न उद्यत रहेका भनी आरोपित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राज्यकोषबाट मासिक कति पारिश्रमिक पाउलान् भन्ने आम जिज्ञासा हुनसक्छ ।
सरकारले हालै राज्यका विभिन्न पदाधिकारीहरूको मासिक तलब राजपत्रमा प्रकाशन गरेको छ । राजपत्रमा उल्लेख भएअनुसार, प्रधानन्यायाधीश राणाको तलब मासिक ८८ हजार ९ सय ५० रुपैँया रहेको छ ।
अन्य न्यायाधीशहरूको तलब मासिक ७३ हजार ९ सय ५० रुपैयाँ छ । नेपाल सरकारका कानुनी सल्लाहकार मानिने महान्याधिवक्ताले पनि अन्य न्यायाधीशहरू सरह नै तलब पाउँछन् । प्रधानन्यायाधीश राााविरुद्ध अहिले सर्वोच्चमा १४ न्यायाधीशले मोर्चाबन्दी गरिरहेका छन् ।
त्यस्तै, राष्ट्रपति र उपराष्ट्रपतिको मासिक तलब क्रमशः १ लाख ७७ हजार र १ लाख २७ हजार रुपैँया छ ।
प्रधानमन्त्रीले ९१ हजार एक सय ९० रुपैँया तलब पाउँछन् । उपप्रधानमन्त्री र मन्त्रीहरूको तलब भने क्रमशः ७७ हजार ६ सय ४० रुपैयाँ ७२ हजार ७ सय ३० रुपैयाँ छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षले ७९ हजार चार सय ३८ रुपैँया तलब पाउँछन् ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्षले मासिक ६९ हजार ३० रुपैँया छ ।

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

प्रतिक्रिया