ज्योति विकास बैंकमा स्मार्ट सेभिङ बचत खातामा ५.७५ प्रतिशत ब्याज

काठमाडौँ- ज्योति विकास बैंकले एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ बचत खाता योजना ल्याएको छ । यो खाता खोल्दा शून्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र मेरो सेयर तथा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
बचतसँगै शेयर बजारमा लगानी गर्न चाहेका नागरिकलाई सहजता प्रदान गर्न डिम्याट खाता र मेरो सेयर सुविधासहितको ज्योति स्मार्ट सेभिङ खाता संचालनमा ल्याइएको हो ।
बचत खाता खोल्ने ग्राहकले शून्य मौज्दातमै डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन, सि–आस्वा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा र डेबिट कार्ड सुविधा निःशुल्क पाउन सकिने बैंकले जनाएको छ ।
यस बचत खातामा महिला निक्षेपकर्ताहरूका लागि ज्योति लकर सुविधामा ५० प्रतिशत छुट पनि रहेको छ । ग्राहकहरूले ज्योति स्मार्ट सेभिङ खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालय अथवा अनलाइनमार्फतपनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्ने बैंकले दाबी गरेको छ ।
ज्योति विकास बैंकले हाल १ सय ५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_8anSER6mUG_0omrxm6atrlt9rgyeivpqtn14v222xznejdcd9uqcbgxjqlguauu03xc08aq.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया