१३ न्यायाधीशलाई प्रधानन्यायाधीशले भने- विवादित सबैले राजीनामा दिए म पनि दिन्छु, नत्र दिन्नँ

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले १३ जना न्यायाधीशहरूसँग भएको छलफलमा आफू एक्लै राजीनामा नदिने बताएका छन् । प्रधानन्यायाधीश राणाले छलफलमा विवादित न्यायाधीश सबैले राजीनामा दिए आफू पनि दिने बताएको छलफलमा सहभागी एक न्यायाधीशले इकागजलाई जानकारी दिए । 'यहाँ म मात्रै विवादित होइन् अरु न्यायाधीश पनि विवादित हुनुहुन्छ' प्रधानन्यायाधीश राणाको भनाइ उदृत गर्दै एक न्यायाधीशले इकागजसँग भने 'यदी उहाँहरूले पनि दिए म राजीनामा दिन्छु नत्र एक्लै राजीनामा दिन्न ।'
आज निकास खोज्न भन्दै १३ न्यायाधीशले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए । प्रधानन्यायाधीश राणासँग छलफल सकेर १३ न्यायाधीश फेरि छलफलमा जुटेका छन् । काठमाडौंबाहिर रहेका दुई न्यायाधीश अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले पनि आफूहरूको सहमति भएको इमेल पठाएका छन् । वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा प्रधानन्यायाधीश राणासँग छलफल सुरु भएको हो । छलफलमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले निकास खोज्न प्रस्ताव राख्ने तयारी छ ।
यदि प्रधानन्यायाधीश राजीनामा नदिएको खण्डमा प्रधानन्यायाधीशविरुद्ध पत्रकार सम्मेलनगरी इजलास बहिष्कार गर्ने औपचारिक धारणा राख्ने तयारी छ । प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म बहिष्कार निरन्तर रहनेछ ।
प्रधानन्यायाधीशबाहेक काठमार्डौ उपलब्ध १३ जना न्यायाधीशले सोमबार नै इजलास र फूलकोर्ट बहिष्कार गरिसकेका छन् । आइतबारसँगै रहेका न्यायाधीश नहकुल सुवेदी भने सोमबार अनुपस्थित रहेका थिए । न्यायाधीश इश्वर खतिवडा अमेरिका भ्रमणमा छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया