न्यायाधीशहरूले भोलि फेरि प्रधानन्यायाधीशसँग छलफल गर्ने

काठमाडौँ – राजीनामा माग्ने न्यायाधीशहरु र राजीनामा दिन्नँ भनेर अभिव्यक्ति दिएका प्रधानन्यायाधीशबीच भोलि फेरि छलफल हुने भएको छ । न्यायाधीशहरुले आज दुई चरणमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरेका थिए ।
आजको पहिलो भेटमा प्रधानन्यायाधीशले एक्लै राजीनामा नदिने जवाफ न्यायाधीहरुलाई दिए । त्यसपछि पुनः आन्तरिक छलफलमा जुटे । लगत्तै फेरि प्रधानन्यायाधीशलाई भेट्न पुगेका १५ न्यायाधीशले पुनः प्रधानन्यायाधीशलाई भने, ‘तपाईंको नेतृत्वमा न्यायालय चल्न सक्दैन । राजीनामा दिनुस् ।’ प्रधानन्यायाधीशले जवाफमा राजीनामा नदिने दोहोर्याएपछि न्यायाधीशहरु प्रधानन्यायाधीशको कार्यकक्षबाट निस्किएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया