आगामी चुनावपछि देश एमालेमय बन्ने विष्णु पौडेलकाे दावी
काठमाडौँ- नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताएका छन् ।
मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताएका हुन् ।
उनले एमाले एक्लै चुनाव लडेर स्थानीय तह एवं प्रदेश र संघीय संसदमा ६० प्रतिशत भन्दा बढी नतिजा ल्याउने बताए । पौडेलले एमालेबाट स्वार्थी, पदको लालचीहरु बाहिरीएपछि पार्टी झनै शक्तिशाली भएको बताउँदै दुई÷चार जना बाहिरीएर पार्टीलाई कुनै असर नपरेको स्पष्ट पारे ।
पौडेलले एमालेलाई सिंहदरबारतिर हेर्ने फुर्सद नभएको बताउँदै नेपाली जनताले पार्टीलाई राम्रो चिनेकोले चुनावपछि बहुमतको सरकार निर्माणका लागि एमालेलाई रोक्ने तागत कसैसगँ नभएको जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया