शान्ति सेनाले बाटो मात्र रंगाएनन् बालबालिकाको दाँतसमेत चम्काए

काठमाडौँ- विश्व शान्तिमा खटिएका नेपाली सेनाले ७६ औं राष्ट्र संघ दिवश लेवननमा भब्य रुपमा मनाएका छन् । युनाइटेड नेशन इन्टरीम फोर्स इन लेवनान (युनीफील) मिशन अन्तरगत लेवननमा तैनाथ नेपाली शान्ति सैनिकले नागरिक हितका कार्य गरेर त्यस्तो कार्यक्रम मनाएका हुन् ।
युनीफील मिशनमा तैनाथ बर्दबहादुर गण शान्ति सेनाको ६२ औं डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रमा फरक फरक खालका जनहित कार्यहरू गरेर त्यस्तो दिवश मनाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मिशनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकामा रहेका सरकारी विद्यालयहरूमा दन्त स्वास्थ्य र मुखको हेरचाह सम्बन्धी सचेतना कक्षाका साथै दाँतको सफाइ गर्ने प्रयोगात्मक विधिको प्रदर्शनी गरेको थियो । स्थानीय विद्यालयमा अध्ययनरत करीब २ सयजना विद्यार्थीहरूलाई नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट स्टेशनरी सामानहरू र डेण्टल हाईजिन किटसमेत वितरण गरेको पनि नेपाली सेनाले जनाएको छ ।
‘हरियाली लेवनान’ अभियान अन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवाहरू वृक्षारोपण गरी मिशनको निलोदेखि हरियो अभियानलाई मूर्तरुप दिने काम गरेका छन् । उनीहरूले साक्रा र माज्दल स्लिम नगरपालिकाहरूमा वृहत वृक्षारोपण गरी साक्रा नगरपालिका प्रमुखको अनुरोधमा स्थानीय हाटबजार लाग्ने करिब चार सय मिटर लामो सडकखण्डमा रङ्गरोगन गरी छुट्टाछुट्टै करिडोर समेत स्थापना गरेको नेपाली सेनाले जनाएको छ ।
नेपाली शान्ति सैनिकहरूले द्वन्द्वग्रस्त मुलुकहरूको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलवा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरूले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरूबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने सेनाले जनाएको छ । यस्तो कार्यमा सबै क्षेत्रमा नेपाली सेना अग्रसर रहँदै आएको पनि सेनाले जनाएको छ ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया