टी-ट्वान्टी विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित
काठमाडौं - युएईमा जारी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को गएराति भएको खेलमा न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै पाकिस्तानले लगातार दोस्रो जित हात पारेको हो । जितसँगै पाकिस्तान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
न्यूजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पूरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रनको योगदान दिए । शोएब मलिक २६ रनमा अविजित रहे । न्यूजिल्यान्डका स्पिनर ईश सोधीले २ विकेट लिए । मिचेल सान्टनर, टिम साउथी र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।
यसअघि शारजाह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । न्यूजिल्यान्डका डेभन कन्वेले सर्वाधिक २७ रन बनाए । कप्तान केन विलियम्सन २५ रनमा रन आउट हुन पुगे । पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफले सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, स्पिनर इमाद वामिस र मोहम्मद हफिजले १–१ विकेट लिए । पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया