बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै
काठमाडौँ - बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे बन्ने सम्भावना देखिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने भएसँगैं मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी दल बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पाण्डेको सम्भावना बलियो देखिएको हो ।
आज मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया थालिने बागमती प्रदेश कांग्रेस संसदीय दलका सचिव निमा लामाले जानकारी दिए । केन्द्रकै सहमतिअनुसार बागमतीले मुख्यमन्त्री पाउने पनि लामाले बताए ।
बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । केन्द्रमा भएको पाँच दलको गठबन्धनले पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो ।

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

प्रतिक्रिया