कोरिया जाने युवाहरूले २० महिनापछि विमानस्थलमा पुनः हात हल्लाए

काठमाडौँ- दक्षिण कोरिया प्रस्थान गर्न २० महिनापछि नेपाली कामदार त्रिभुवनस्थल अन्तरर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । बुधबार साँझ साढे ७ बजे कोरियन एयरको जहाजमा ४८ जना 'कमिटेड' भिसाका कामदार जाने भएका हुन् ।
सन् २०१८- १९ मा आएका कामदारहरू पुनः जान लागेका हुन् । कोभिड-१९ को महामारी कारणले नियमित रुपमा जाने कामदार रोकिएका थिए । पहिलो चरणमा कोरियाले 'कमिटेड' कामदारलाई लैजान प्राथमिकतामा राखेको छ । पहिलो चरणमा ११९ जना कामदार लैजान लागेको ईपीएस कोरिया शाखाले जनाएको छ ।
बाँकी रहेका कामदार मङ्सिरको दोस्रो सातासम्म उडाइसक्ने भएको हो । कोरिया जाने कामदारले आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्छ । कोभिड बिमा गरेको हुनुपर्ने छ ।
महामारी सुरु भएको करिब दुई वर्षपछि कोरियाले पहिलोपटक 'कमिटेड' कामदार लाने भएको छ (कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएकाहरू) । कोरियाको मानव संशाधन सेवाबाट प्राप्त निर्देशन अनुसार 'कमिटेड' कामदारको भिसा प्राप्त भएकाहरू जान लागेका हुन् ।
गत २ वर्षदेखि विविध कारणले करिब १० हजार नेपाली कामदार कोरिया जान नपाएर स्वदेशमा रोकिएका छन् । ईपीएस शाखाले पहिलो चरणमा 'कमिटेड' कामदार पठाइसकेपछि र कोभिड नियन्त्रणको अवस्था हेरेर थप कामदार पठाउन पहल गर्ने भएको छ ।

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रतिक्रिया