बागमतीमा मुख्यमन्त्री दाबीका लागि बिहीबार ३ बजेसम्मको समयसीमा
राजेन्द्र पाण्डेद्वारा सांसदबाट हस्ताक्षर लिन सुरु

हेटौंडा - बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री दाबीका लागि बिहीबार ३ बजेसम्मको समयसीमा तोकिएको छ । नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमत सांसद्को दाबीसहति नयाँ मुख्यमन्त्रीलाई सरकार गठनका लागि आह्वान गरेका हुन् । नेकपा एमालेका तर्फबाट २ भदौमा मुख्यमन्त्री नियुक्त शाक्यले ७१ दिनपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ ।
बागमतीमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनेछन् । बागमती प्रदेशमा स्पष्ट बहुमत नरहेको अवस्थमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
बागमती प्रदेशमा केन्द्रमा जस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ । गठबन्धनको तर्फबाट एसका पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ । मुख्यमन्त्रीमा समर्थनका लागि पाण्डेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् । बागमती प्रदेश सभामा कांग्रेसका २२, नेकपा एसका १३ र माओवादीका २३ गरी ५८ जना सांसद छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया