अफगानिस्तानको जितमा खुशी देखिएको तालिबान र मौन काबुल
काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई हरायो । तालिबानले सत्ता सम्हाल्न सुरु गरेपछि त्रासमा रहँदै आएका अफगानी नागरिकका लागि जारी विश्वकपमा प्राप्त जित खुशी हुने मौका बनेको छ ।
अफगानी क्रिकेट टिमको जितमा तालिबानले पनि खुशी व्यक्त गरेको छ । तालिबानको माथिल्लो दर्जाका नेताहरूले अफगानी टिमलाई बधाई दिएका छन् । काबुल फर्किएपछि खेलकुद, मनोरञ्जनात्मक क्रियाकलापहरूमाथि कडाइ गरिरहेको तालिबानले पुरुष क्रिकेट टिमलाई भने खेल्न दिइरहेको छ ।
‘जितका लागि अफगानी टिमलाई बधाई । भविष्यका लागि शुभकामना,’ तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीटरमार्फत भनेका छन् । तालिबानको कतारस्थित कार्यलयमा रहेका प्रवक्ताले पनि अफगानी टिमलाई बधाई दिएका छन् । ‘हामीलाई आशा छ, अफगानिस्तानले राजनीतिक, आर्थिक र वैज्ञानिक क्षेत्रमा पनि सफलता प्राप्त गरोस् भन्ने कामना गर्न चाहन्छौँ,’ दोहास्थित तालिबानको राजनीतिक कार्यलयबाट भनिएको छ ।
तालिबानभित्र शत्तिशाली मानिने हक्कानी नेटवर्कको नेतृत्व गर्ने सिराजुद्दिन हक्कानीका भाई अनास हक्कानीका भाईले पनि अफगानी टिमलाई बधाई दिएका छन् । ‘अफगानिस्तानको जित,’ अनासले सामाजिक सञ्जालमा लेखेका छन् । जुनियर हक्कानीको बधाई सन्देशलाई अत्यन्तै महत्व दिइएको छ । किनभने तालिबानभित्र पनि हक्कानीलाई सबैभन्दा रुढीवादी विचार बोक्ने समूहका रूपमा लिइन्छ ।
अफगानिस्तानले विश्वकपमा आफ्नो पहिलो खेलमा जित हासिल गर्दा खुशी बनेका अफगानी नागरिकले चाहना अनुरुपको खुशीयाली मनाउन भने सकेनन् । विगतमा अफगानिस्तानले महत्वपूर्ण खेल जित्दा काबुल लगायतका सहरमा आतिसबाजी गरिन्थ्यो । गोली सम्म पड्काइन्थ्यो । तर यसपटक भने काबुल लगभग शान्त देखियो । सानो संख्यामा मात्रै अफगानी सडकमा निस्किए र पटका पड्काए ।
तालिबान काुबल आउनुभन्दा अघि अफगानिस्तानको राष्ट्रपति रहेका असरफ घानीले क्रिकेट टिमको जितले अफगानी नागरिकमा आशाको सञ्चार भएको बताएका छन् । बधाई दिने क्रममा उनले अफगानिस्तान र अफगानी नागरिकलाई कुनै शक्तिले बन्धक बनाउन नसक्ने अभिव्यक्ति पनि दिन भ्याए ।
घानी सरकारम उप-राष्ट्रपति रहेका अमरुल्लाह सलेहले संयुक्त अरब इमिरेट्स (यूएई) तथा ओमानमा भइरहेको विश्वकपको आफ्नो पहिलो खेलमा अफगानी खेलाडीहरुले राष्ट्रिय गान र झण्डा फहराएकोमा प्रशन्नता व्यत्त गरे । तालिबानले अफगानिस्तानको राष्ट्रिय गान र झण्डालाई मान्यता दिएको छैन ।
तालिबानले शासन सत्ता सम्हालेपछि क्रिकेटको भविष्य के हुने भन्नेबारे अन्योल रहेकै बेला राष्ट्रिय टिमले विश्वकपमा जित दर्ता गरेको हो । अफगानिस्तान दुई दशकसम्म युद्धमा फसे पनि क्रिकेट भने रोकिएको थिएन । यहीबीचमा क्रिकेट त्यहाँको सबैभन्दा लोकप्रिय खेल बनेको छ । काबुलमा अन्योलग्रस्त राजनीतिको बादल मडारिएको भए पनि अफगानी नागरिकमा विश्वकपलाई लिएर उत्साह थियो ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_ocMdvvkpft_l8vkmtl2fy9rt17qjui3ayz51cn3uj77af96yym6air9w9lxx1ynmqfoujen.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया