सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

विवाहको कुनै योजना छैन : कट्रिना

काठमाडौँ – बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरबीच यी दुईको विवाहको खबर मिडियामा आएको छ । भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन् । तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन् । 

‘मलाई आफै थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,’ १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताउँदै उनले भनिन्, ‘विवाहको अहिले नै कुनै योजना छैन ।’ यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण गरिरहेका छन् । गतराती कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो ।