श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री अवारबीच भेटवार्ता
काठमाडौँ - संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरेका छन् । सो क्रममा नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भएको छ ।
यसैबीच आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागि नेपाली टोलीले आवुधाबीमा अन्य कुटनीतिक भेटघाट समेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
कतारसँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्वर ८ र ९ मा हुने संयुक्त वैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो ।
साउदी अरेवियासँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने बिषयका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भएको छ ।
मलेसियासँगको सचिवस्तरीय वैठकमा संयुक्त समितिको वैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजिकरण गर्ने बिषयमा छलफल भएको वैठकमा सहभागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले बताए ।
यस्तै श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधाबी डायलगमा आप्रवासी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले रिसर्च अर्वाड प्राप्त गरेका छन् ।

ओमनमा भिजिट भिसामा पुगेर कामदार हुन नपाइने

कतारका पाँच विद्यालयमा नेपालीले पढ्न पाउने

यूएईमा नेपालीले जिते ७१ करोडको लक्की ड्र

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्याउने

भिजिट भिसामा यूएई पुगेका नौ नेपाली युवा ११ महिनादेखि जेलमा

दुबईमा 'तीज विशेष सांस्कृतिक धमाका २०७९' कार्यक्रम हुँदै

साउदी अरबमा एक वर्षमा २०६ जना नेपालीले गुमाए ज्यान

प्रतिक्रिया