कांग्रेस सांसदहरुको दसैं भत्ता ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका संघीय सांसदहरुको दसैं भत्ता ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ जम्मा गर्ने निर्णय गरेको छ । जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगिरहेका बेला जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको भन्दै कांग्रेसले पार्टीका सांसदहरुको दसैं भत्ता कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
‘कोरोना भाइरस महामारीको कारणले उत्पन्न हालको विषम परिस्थितिमा आम नेपाली जनताले रोग, भोक, अभाव, पिडा र कठिनाई भोगीरहेका अवस्थामा जनप्रतिनिधिलाई दशै भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकोले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसदका सदस्यहरुलाई उपलब्ध गराईएको दसैं भत्ता वापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसका सांसदहरुको दसैं भत्ता वापत आउने जम्मा रकम ४३ लाख २० हजार ८ सय १० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालय मार्फत नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा कोरोनाका संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेका बेला परीक्षण र उपचारको दायरालाई बढाउनु पर्नेमा सरकारले सशुल्क उपचार गर्नुपर्ने निर्णय गरेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ । सर्वोच्च आदलतको कोभिडको परीक्षण र सम्पूर्ण उपचार निःशुल्क गर्नु भन्ने आदेशलाईसमेत सरकारले अवज्ञा गर्दै जनहित विपरितको निर्णय खाणले विज्ञप्तिमा बताएका छन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया