रजनीकान्तले गरे दादा साहेब फाल्के अवार्ड ड्राइवरमा समर्पण

तमिल - ६७ औँ राष्ट्रिय फिल्म पुरस्कारमा रजनीकान्तलाई यो साल दादा साहेब फाल्के अवार्डले सम्मानित गरियो । भारतीय फिल्मका सूत्रधार दादा साहेबको नाममा स्थापित यो सम्मान सरकारका तर्फबाट फिल्मकर्मीलाई दिने सर्वोच्च सम्मान हो । दुई दिनअघि राष्ट्रपति भवनमा आयोजित समारोहमा रजनीकान्तले यो सम्मान ग्रहण गरे तर उनले यो सम्मान राज बहादुरलाई समर्पण गरे ।
रजनीकान्तले सञ्चारकर्मीसँग कार्यक्रमपछि प्रतिक्रिया दिँदै आफूले पाएको सम्मान राज बहादुरमा समर्पण गरेको बताएका थिए । उनको यो प्रतिक्रियाले धेरैलाई अचम्भित बनायो । किनकी राज बहादुर रजनीकान्तका आफन्त होइनन् न त फिल्म उद्योगकै कुनै हस्ती । राज बहादुर रजनीकान्तका सबैभन्दा मिल्ने साथी हुन् तर पेसाले ड्राइभर ।
रजनीकान्तको बारेमा सबैले थाहा पाएको सबैभन्दा सत्य हो अभिनयमा लाग्नुअघि रजनीकान्त बस कन्डक्टर थिए । जतिबेला रजनीकान्त कन्डक्टर थिए त्यही बसका चालक थिए राज बहादुर र रजनीकान्तलाई फिल्ममा संघर्ष गर्न यिनै राजबहादुरले प्रेरित गरेका थिए ।
राज बहादुरका अनुसार सन् १९७० मा राज बहादुर कर्नाटका ट्रान्सपोर्ट कर्पाेरेसनमा ड्राइभर हुँदा त्यहीँ रजनीकान्त कन्डक्टर थिए । यही समयमा चाडपर्वमा हुने साँस्कृतिक कार्यक्रममा रजनीकान्तले स्टेजमा कलाकारिता प्रस्तुत गर्थे ।
उनमा विशेष प्रतिभा देखेपछि राज बहादुरले नै उसबेला शिवाजी राव गायकवाडको रुपमा चिनिने रजनीकान्तलाई चेन्नई गएर फिल्म इन्स्च्यिुटमा पढ्न जोड जबर्जस्ती गरेर पठाएका थिए । यति मात्र होइन उनले रजनीकान्तको पढ्ने खर्चसमेत बेहोरेका थिए । राज बहादुरले विभिन्न समयमा दिएको अन्तर्वार्तामा आफ्नो तलब ४ सय भएको बेलामा २ सय रुपैँया दिएर रजनीकान्तलाई अभिनय पढाएका थिए ।
दुई वर्ष यसरी इन्स्टिच्युटमा पढेपछि ग्रयाजुएसनको दिन तमिल फिल्मका हस्ती के बालाचन्दरले रजनीको अभिनयबाट प्रभावित भएपछि तमिल सिक्न अह्राएका थिए । यसको केही समयपछि नै उनले तमिल फिल्मबाट डेब्यु गरेका थिए । तर दक्षिण भारतीय फिल्मको सबैभन्दा ठूलो नाम हुँदा पनि रजनीकान्तले राज बहादुरको गुन बिर्सेका छैनन् । दादा साहेबको सम्मान उनैको नाम समर्पण गरेर रजनीकान्तले आफूलाई सम्मानित गरे ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया