‘सत्यम्’को कार्यशालामा राजेश हमाल, के हमाल बल्ल अभिनयमा गम्भीर हुन लागेका हुन् ?

काठमाडौँ -राजेश हमालसँग काम गर्ने निर्देशकको सदाबहादर गुनासो हुन्थ्यो, हमाल सेटमा बाहेक स्क्रिप्ट हेर्दा पनि हेर्दैनन् । करिअरको उतराद्र्धमा भने हमालले यो आलोचनालाई सकारात्मक रुपमा लिएका छन् । तिहारपछि सुटिङ हुन लागेको ‘सत्यम्’का लागि भने हमालले पसिना बगाइरहेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक केही फोटोमा हमालले सहकर्मीसँग पसिना बगाइरहेको देख्न सकिन्छ । निर्माण टिमका अनुसार यतिबेला फिल्मको पोखराको नौडाँडास्थित देउराली रिसोर्टमा कार्यशाला भइरहेको छ । हमाल सहकर्मी पल शाह, मालिका महत र मिलन सिजापतिसँग रिसार्टमा फिल्मका दृश्यको रिहर्सल गरिरहेका छन् ।
अनुपविक्रम शाहीको समेत महत्वपूर्ण भूमिका रहेको फिल्मको तिहारपछि सुटिङ हुने निर्माण टिमले बताएको छ । हमालको यो फिल्मलाई कमब्याक फिल्म मानिएको छ । ‘बागमती’ र ‘शकुन्तला’ जस्ता आश गरेका फिल्म नचलेपछि हमालले फिल्मबाट ब्रेक लिएका थिए । रेसम सापकोटाको लेखन तथा निर्माण रहेको फिल्मलाई शंकर कार्कीले निर्देशन गर्दैछन् । यो फिल्मको बजेट ३ करोड बताइएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया