कांग्रेस नेता सर्वधन राईले भने- खोटाङको सभापतिबाट पछि हट्दिनँ

खोटाङ – नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राईले आसन्न नेपाली कांग्रेस खोटाङको जिल्ला अधिवेशनमा सभापतिबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।बुधबार दिक्तेलमा पत्रकारसँग भेटघाट तथा चियापान कार्यक्रममा राईले आगामी १० मंसिरमा हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिमा कसैसँग सम्झौता नगर्ने बताएका हुन् ।
‘धेरै सोचेर, बुझेर, गहिरो अध्ययन गरेर मेरो उम्मेद्वारीको चर्चा भएको हो । मेरो उम्मेद्वारी कुनै पनि हालतमा फिर्ता हुँदैन,’ राईले भने, ‘अरू विषयवस्तु मिलाउने क्रममा सम्झौता हुनसक्छ । तर, सभापतिको विषयमा कुनै पनि सम्झौता हुँदैन ।’ सुरुमा सभापतिमा दाबी गर्ने तर अन्तिममा पछि हट्ने आशंकाबारे राईले आफू पछि नहट्ने स्पष्ट पारेका छन् । उनले जिल्लामा पार्टीलाई नयाँ उचाइ र गति दिनका लागि सभापतिमा उम्मेद्वारी दिन लागेको बताए ।
‘जिल्लामा कांग्रेसको संगठन अव्यस्थित, अनुशासनविहीन र अव्यवस्थित छ । चेक एन्ड व्यालेन्स केही छैन । संगठन संस्थागत भएको छैन । दिनप्रतिदिन पार्टीप्रतिको आकर्षण घट्दो अवस्थामा देखिन्छ,’ राईले भने, ‘नयाँ साथीहरू आइरहनु भएको छ तर पार्टी संगठनको मूल प्रवाहमा समावेश गरेर वैचारिक र सैद्धान्तिक तरिकाले जसरी लिएर जानुपर्ने हो त्यो भएको छैन । ती सबै अभाव परिपूर्ति गर्न सभापतिमा मैले उम्मेद्वारी दिएको हुँ ।’

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया