निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन : सुजाता कोइराला

चितवन - नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेकी छन् । बिहीबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।
‘पार्टीमा अहिले गठबन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लैले निर्वाचन लड्नुपर्छ,’ उनले भनिन्, ‘कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी भएकाले अन्य दलसँग गठबन्धन गर्नका लागि पार्टीमा गहन छलफल गरेर मात्र निर्णय लिनुपर्छ ।’ कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै नेता, कार्यकर्ता निर्वाचनमा केन्द्रित हुने समय आएको उनको भनाइ छ । कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने उनले दाबी गरिन् । ‘सभापतिले अब महाधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । यसमा हामीले विश्वास गरेका छौं । महाधिवेशन समयमा नै हुनुपर्छ,’ कोइरालाको भनाइ छ ।
महाधिवेशनमा आफूले कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा आफू छलफलमै रहेको उनले बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै उनले समय आएपछि मात्र आफ्नो उम्मेदवारीबारे जानकारी गराउने उल्लेख गरिन् । प्रधानन्यायाधीशमाथि चौतर्फी आलोचना हुनुले प्रजातन्त्रलाई कमजोर बनाउने कोइरालाले बताइन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया