बागमतीका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूद्वारा पदभार ग्रहण

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदभार ग्रहण गरेका छन् । बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले केही बेरअघि पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।
प्रदेश प्रमुख शर्माले मन्त्रिमण्डल विस्तार नभएसम्मका लागि मुख्यमन्त्री पाण्डेलाई नै आर्थिक मामिला तथा योजना मन्त्रालयलगायत केही मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकेका छन् । पाण्डेले मुख्यमन्त्रीसहित मन्त्रीविहीन मन्त्रालयकोसमेत पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री पाण्डले बिहीबार नै कृष्ण खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । नवनियुक्त मन्त्रीहरूले पनि आफ्नो मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया