संसद् विघटनपछि प्रधानसेनापति थापा जुटे छलफलमा

काठमाडौँ : नेपाली सेनाले प्रमुख सैनिक अधिकृतहरू (पीएसओज) को बैठक बोलाएर सुरक्षा चुनाती र प्रभावबारे छलफल गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् विघटन गरेलगत्तै मुख्यालय जंगी अड्डा भद्रकालीमा उक्त कदमपछि मुलुकमा पर्न सक्ने सुरक्षा चुनौती र प्रभावहरूको विषयमा छलफल भएको सैन्य अधिकारीले जानकारी दिए । राष्ट्रपति सेनाका परमाधिपति समेत हुन् ।
जंगी अड्डामा बैठकसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले उपत्यका बाहिर रहेका सात पृतनपतिसँग भिडियो कन्फरेन्समार्फत् र उपत्यकाकासँग प्रत्यक्ष छलफल गरेका छन् । उपत्यका पृतनाका प्रमुख जंगी अड्डामै सहभागि भएका थिए । सेनालाई प्रधानमन्त्रीको तयारी बारेमा जानकारी रहेकाले नै सिफारिसलगत्तै बैठक बसेका हो । प्रधानसेनापतिले आवश्यक परे नेपाल प्रहरी र सशस्त्र प्रहरी वलका प्रमुखसँग पनि छलफल गर्नेछन् ।
सबै स्थानको सुरक्षाबारे जानकारी लिने सेना प्रमुखको दायित्व पनि हो । सैनिक प्रवक्ता एवं सहायक रथी सन्तोषवल्लभ पौडेलले उक्त बैठक सेनाको नियमित भए पनि अहिले भएको घटना र मुलुकको सुरक्षाको विषयमा समेत प्रमुख सैनिक अधिकारीहरूबीच छलफल भएको बताए । ‘जंगीअड्डाको यो नियमित बैठक नै हो । यसलाई नियमित प्रक्रियाको रूपमा लिन सकिन्छ । आन्तरिक नीति र नियमहरूकै बारेमा छलफल हुन यी बैठक नियमित रूपमा हुने गर्छन्,’ उनले भने, ‘विकसित घटनाक्रमको बारेमा पनि छलफल स्वभाविक हो । नयाँ घटनाक्रमबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौती नै हाम्रो चासो हो ।’
नयाँ घटनाक्रमसँग मुलुकमा आउन सक्ने सुरक्षा चुनौतीकालागि नेपाली सेनाले सार्वजनिक सुरक्षा ऐन-२०२८ अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्नेछ । प्रधानसेनापतिले यसअघिको विभिन्न पृतनाहरूको भ्रमण गरेका थिए । त्यो समयमा पनि उनले सहकार्य गर्ने विषयमा त्यहाँका स्थानीय अधिकारीसँग छलफल गरेका थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया