न्यायाधीशहरूले संविधान उल्लंघन गरेको एमालेको तर्क
काठमाडौँ – नेकपा एमालेले न्यायालयमा अहिले भइरहेको गतिविधिलाई दुर्भाग्यपूर्ण भनेको छ । ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा नेताहरूले यस्तो धारणा राखेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘न्यायालयमा जुन किसिमको प्रदुषण र गुटबन्धी व्याप्त छ यसबाट हामी दुःखी छौं । यसबाट जनताको न्याय पाउने अधिकार हनन् भएको छ,’ प्रवक्ता ज्ञवालीले भने ।संकटकालमासमेत नरोकिने बन्दीप्रत्यक्षीकरण मुद्दा नहेरेर न्यायाधीशहरूले संविधानको उल्लंघन गरेको र नागरिकको संविधानप्रदत्त मौलिक हकको हनन गरेको एमालेको आरोप छ । ‘उहाँहरूको यो गतिविधि अत्यन्तै अशोभनीय र दुःखद छ,’ उनले भने ।
अहिलेको विवाद न्यायलयभित्रको सुधारसँग नजोडिएको पनि एमालेले टिप्पणी गरेको छ । ‘न्यायालयको अहिलेको समस्या भनेको केही निश्चित पार्टी र व्यक्तिको स्वार्थका लागि न्यायालयका केही व्यक्तिले गरेको अपवित्र साँठगाठ हो । न्यायलय र राजनीतिको अपवित्र गठबन्धन आजको समस्या मुल चुरो हो,’ प्रवक्ता ज्ञवालीले भने ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया