मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

निर्वाचन आयोगको त्यो सन्देश, जसले महाधिवेशन २४–२६ मंसीरमा गराउन बाध्य भए देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको महाधिवेशन २४ देखि २६ मंसीरमा गराउन बाध्य भएका छन् । फागुन २१ बाट रिक्त हुने राष्ट्रिय सभाका सदस्यहरूको निर्वाचन माघको अन्तिमसम्म गराउने र निर्वाचनको ४५ दिन अघि दल दर्ता गराउनुपर्ने व्यवस्था छ । 

संविधान अनुसार ५ वर्षभित्र दलको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन अझै सम्पन्न हुन सकेको छैन । राष्ट्रिय सभा निर्वाचनको ४५ दिन अघि निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने भएकाले देउवा दबाबमा परेका हुन् । हालै प्रधानमन्त्री देउवासँगको भेटमा निर्वाचन आयोगले प्रधानमन्त्रीलाई निर्वाचनको ४५ दिन अघि नै दलको वैधानिकता कायम गर्न सुझाएको थियो । 

मंसीरभित्र निर्वाचन नगराउँदा राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले वैधानिकता गुमाई उम्मेद्वार उठाउन नसक्ने निर्वाचन आयोगको उक्त सन्देशका कारण देउवा मंसीरको २४–२६ मा महाधिवेशन गराउन बाध्य भएको बताइएको छ ।