बागमती प्रदेश सरकारको प्रवक्तामा खनाल

हेटौँडा- बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले पाएका छन् । बिहीबार मुख्यमन्त्री तथा मन्त्रीको पदभारग्रहण पछि बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले खनाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको पहिलो बैठकले एक मात्र निर्णय गरेको छ । प्रदेशको ११९ स्थानीय तहमा रहेको दलित, लोपोन्मुख, सिमान्तकृत समुदायिका नागरिकले प्राविधिक शिक्षा पढ्न चाहेमा प्रदेश सरकारले पढाउने निर्णय गरिएको छ ।
सरकारका प्रवक्ता कृष्ण खनालका अनुसार उनीहरुले आफ्नो अध्ययन पुरा गरेपछि ५ वर्ष आफ्नो स्थानीय तहमा बसेर काम गर्नुपर्नेछ । अबको १५ दिनभित्र कार्यविधि निर्माण गरेर निर्णय कार्यान्वयन चालू वर्षबाटै हुने उनले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया