एमाले महाधिवेशन : यस्तो छ प्रतिनिधि छान्ने मापदण्ड
काठमाडौँ- नेकपा (एमाले) ले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ । बिहीबार भएको सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने भएको तय गरेको हो ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा एक हजार ५०० पार्टी सङ्गठित सदस्य बराबर दुई खुला र एक महिला चयन हुनेछन् । निर्वाचन क्षेत्रमा एक हजार ५०० प्रतिनिधिभन्दा एक हजार सदस्य बढी भएपछि थप एक जना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित छ जना प्रतिनिधि चयन हुनेछन् ।
महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० र पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।
बैठकमा स्थानीय तहका पार्टी कमिटीको अधिवेशनको समीक्षा पनि कार्यसूची राखिएको पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटीले तय गरेको मापदण्डलाई पार्टीको शुक्रबार बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया