गर या मरको अवस्थामा बंगलादेश र वेस्ट इन्डिज
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी टी-ट्वान्टी विश्वकपमा बंगलादेशको प्रदर्शन चित्तबुझ्दो छैन । सुपर १२ को खेलहरू हुँदै गर्दा समूह २ मा रहेको बंगलादेश जित विहिन छ । बंगलादेशी टिमले पछिल्ला दुवै खेल हारेको छ ।
श्रीलंका र इंग्ल्यान्डसँग पराजित बंगलादेशले शुक्रबार डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ । शारजाह क्रिकेट मैदान, शारजाहमा हुने खेल बंगलादेशका लागि नकआउट खेल जस्तै हो । किनभने हारले बंगलादेश क्वार्टरफाइनल पुग्ने सम्भावना लगभग सकिनेछ ।
संयोग कस्तो भने, बंगलादेशको विपक्षी वेस्ट इन्डिजले पनि सुपर १२ मा अंकको खाता खोल्न सकेको छैन । बंगलादेश र वेस्ट इन्डिज क्रमशः पाचौँ र छैटो स्थानमा छन् । यसकारण अबका तीन खेलमा जित हासिल गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ, वेस्ट इन्डिज । बंगलादेशको योजना पनि यही हो ।
बंगलादेशले आफ्नो पछिल्लो खेलमा टी-ट्वान्टी वरीयताको शीर्षस्थानमा रहेको इंग्ल्यान्डको सामना गरेको थियो । त्यो खेलमा बंगलादेशले कुनै पनि पक्षमा बलियो चुनौती पेश गर्न सकेन । जम्मा १२४ रनको योगफल तयार पारेको बंगलादेशले इंग्ल्यान्डका ब्याटरलाई रोकन सकेन । इंग्लिस टिमले आठ विकेट र ३५ बल बाँकी छँदा नै खेल जित्यो ।
वेस्ट इन्डिजविरुद्ध मैदान उत्रदा अनिवार्य जितको लक्ष्य राख्ने बंगलादेशको भरोसा मोहम्मद नाइममाथि हुनेछ । लिटोन दासको लय कमजोर रहेकाले जारी विश्वकपमा दुई अर्धशतक प्रहार गरिसकेका नाइमले बंगलादेशको इनिङ धान्ने अपेक्षा गरिएको छ । तेस्रो नम्बरका शकिब अल हसनले पनि खासै राम्रो गरिरहेका छैनन् । यसकारण नाइममाथि दबाब थप बढेको छ ।
यसैबीच बंगलादेशका लागि अर्को अप्रिय खबर पनि छ, नुरुल हसनको फिटनेस । विकेटकिपर तथा ब्याटर रहेका हसनले वेस्ट इन्डिजको खेल गुमाउने सम्भावना छ ।
बंगलादेशको ब्याटिङको आलोचना हुँदै गर्दा वेस्ट इन्डिजले सम्मानजनक रन बटुल्न सकेको छैन । यसकारण, वेस्ट इन्डिजका कप्तान केइरन पोलार्डले भनिसकेका छन्, वेस्ट इन्डिजको ब्याटिङ विभागले एक भएर खेल्नुपर्ने आवश्यकता छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया