मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाई

काठमाडौँ - नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा बेलायत भ्रमणमा जानुघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले भ्रमणअघि निधिलालाई पत्र लेखेर जिम्मेवारी दिइएको जानकारी दिएका थिए। 

देउवा  जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायतको लन्डन प्रस्थान गरेका छन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।