ओली प्रवृत्ति राष्ट्र र जनताका लागि घातक : दाहाल
चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रवृत्तिलाई निरंकुश र प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् ।
शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् । ओली प्रवृत्ति नेपाल राष्ट्र र नेपाली जनताका लागि घातक रहेको स्थापित भएको दाहालको भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री ओली आफ्नै प्रवृत्तिका कारण बालुवाटारबाट बालकोट जानुपरेको तर्क गर्दै ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको दाहालले बताए । बालुवाटार छोड्ने क्रममा ओलीले शोक परेकोजस्तो नदेखाउनका लागि बाजा बजाएर नाच्दै गाउँदै बालकोट गएको उनले आरोप लगाए । उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएकोसमेत तर्क गरे ।
‘ओली प्रवृत्ति भनेको एउटा निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति हो, नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातक प्रवृत्ति हो भन्ने कुरा स्थापित भइसकेको छ,’ दाहालले कटाक्ष गरे ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया