आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सर्वाेच्चको इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध रिट दायर

काठमाडौँ – सर्वाेच्च अदालतको इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वाेच्च अदालतमै रिट दायर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै १५ इजलास बहिष्कार गरेका १५ न्यायाधीशविरुद्ध अधिवक्ताहरू तोयनाथ ढुंगाना र कीर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले रिट दायर गरेका हुन् ।  

उनीहरुले न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिकृष्ण फुयाल, मनोजकुमार शर्मा, कुमार चुडाल, नहकुल सुवेदीविरुद्ध रिट दायर गरेका हुन् ।  उनीहरुले न्यायाधीशहरुले मौलिक हकमा असर पर्ने गरी कार्य गरेको भन्दै परमादेश माग गरेका छन् ।