'नयाँ कामदारको माग आएको छैन, भ्रममा नपर्नू'

काठमाडौँ- मलेसियाले नयाँ कामदार लिने प्रक्रिया अगाडि नबढाएको पाइएको छ । नेपाली दूतावासले नयाँ कामदार लिने प्रक्रिया अघि बढिनसकेको जनाएको छ । दूतावासलाई नयाँ कामदार लिने सम्बन्धी कुनै पनि जानकारी नआएको दूतावासले उल्लेख गरेको छ ।
'नयाँ कामदार लिने प्रक्रिया अगाडि नबढेकाले भ्रममा नपर्न यो जानकारी गराइन्छ,' दूतावासले भनेको छ ।
कामदारको माग प्रमाणीकरण भएको भन्ने गलत सूचना प्रवाह भएको भन्दै दूतावासले आपत्ति जनाएको छ । तर, पुराना भिसाको समय भएका कामदारलाई सात दिन क्वारेन्टीनमा बस्ने गरी अध्यागमन विभागबाट अनुमति पाइरहेका छन् ।
नयाँ कामदार आउन सक्ने कुनै पनि जानकारी नआएको दूतावासले जारी गरिएको विज्ञप्तिमा प्रस्ट पारेको छ । मलेसियाले कोभिड-१९ को महामारी सुरु भएपछि सन् २०२० मार्च १८ देखि मुलुक प्रवेशमा रोक लगाएको थियो । कामदारको मागपत्र प्रमाणीकरण कार्य पनि पुनः सुरु भएको छैन ।
मागपत्र प्रमाणीकरण कार्य सुचारु हुनासाथ जानकारी गराइने दूतावासले बताएको छ । मागपत्र प्रमाणीकरण हुनसाथ कामदार छनौट प्रक्रिया अघि बढ्ने वैदेशिक रोजगार व्यवसायी संस्थालाई जानकारी पुग्ने छ ।

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

प्रतिक्रिया