शुक्रबार थपिए ५४९ संक्रमित, ८ को मृत्यु

काठमाडौँ- देशभर कोभिड संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ३८८ संक्रमितको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५४९ संक्रमित थपिएका छन् ।
९ हजार ७४६ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट ४९० र एन्टीजेन्ट विधिबाट ५९ जनामा कोभिड पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भइसकेका छन् ।
देशभर सक्रिय संक्रमित १० हजार १५१ जना छन् । आईसीयूमा २४२ र भेन्टीलेटरमा ७८ जना उपचाररत छन् । होम आइसोलेशनमा ९३७९, संस्थागत आईसोलेशनमा ७७२ र क्वारेन्टीनमा र २१२ जना छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया