बारको बैठकको निर्णय : प्रधानन्यायाधीशलाई बहिष्कार, आइतबारदेखि इजलासमा बस्न न्यायाधीशलाई आग्रह
आइतबारदेखि कालोपट्टी बाँधेर विरोध गर्ने
काठमाडौँ – आज बसेको नेपाल बार एशोसियसनको बैठकले सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले न्यायाधीशहरुलाई इजलासमा बस्न आग्रह गर्ने र न्यायाधीशहरुको इजलासमा बहसमा भाग लिने निर्णय पनि गरेको छ । बारले पहिलो चरणमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध भद्र विरोधको कार्यक्रमबाट सुरु गर्न लागिएको बताएको छ ।
बारका केन्द्रीय सदस्य प्रकाश महर्जनकाअनुसार आजको बैठकले प्रधानन्यायाधीशलाई अरु इजलास नतोक्न पनि आग्रह गरेको छ । त्यस्तै तिहारअघिका चार दिन कालोपट्टी बाँधेर विरोध जनाउने, हरेक दिन एक घण्टा कोण सभा गरेर विरोध जनाउने निर्णय पनि आजको बैठकले गरेको छ । दोस्रो चरणका कार्यक्रम भने तिहारपछि बैठक गरेर सार्वजनिक गरिने महर्जनले जानकारी दिए । बारले राणाले राजीनामा नदिउन्जेल आन्दोलन जारी राख्ने पनि भनेको छ ।

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

प्रतिक्रिया