बुधबार ०३ बैशाख, २०८२
Wednesday, April 16, 2025

प्रधानमन्त्री ओलीले अपराधीहरूको संरक्षण गरे : यादव

जनकपुरधाम : नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै अपराधीहरूको संरक्षण गरेको आरोप लगाएका छन् । पर्सामा भएको घटनालाई स्मरण गर्दै नेता यादवले दोषीलाई कारबाही गर्न अन्तिमसम्म संघर्ष गरे पनि प्रधानमन्त्री ओलीले दोषीको संरक्षण गरेको आरोप लगाए ।

‘ओली कम्युनिष्ट नै होइन,’ यादवले भने, ‘उँहाले पार्टी होइन अपराधीहरूको समूह चलाउँदै आउनुभएको छ । जसलाई विगतका घटनाले पुष्टि गर्छ ।’

पर्सामा तत्कालिन माओवादी र एमाले कार्याकर्ताबीचको विवादमा झडप भएपछि एक जना कार्याकर्ताको मृत्यु भएको थियो ।  प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय गैरसंवैधानिक कदम भएको उनले बताए । उनले प्रधानमन्त्री ओली गणतन्त्र विरोधीसमेत रहेको आरोप लगाए ।