अर्जुनधारा नगर कमिटी अध्यक्षमा बलदेव गोम्देन विजयी

बिर्तामोड - नेकपा एमाले झापाको अर्जुनधारा नगर कमिटी अध्यक्षमा बलदेव गोम्देन विजयी भएका छन् । अर्जुनधारामा २ सय २९ मतदाता संख्या रहेकोमा गोम्देनले १ सय १७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी लोकनाथ गौतमले १ सय २ मत पाएका छन् ।
गोम्देन अर्जुनधारा नगरपालिकाका १० नम्बर वडाध्यक्ष हुन् भने गौतम ६ नम्बर वडाध्यक्ष हुन् । नगर कमिटी उपाध्यक्षमा खगेन्द्र इङ्नामलाई पराजित गर्दै लोकमान श्रेष्ठ विजयी भएका छन् । इङ्नामले ७८ मत ल्याउँदा श्रेष्ठले १ सय ४१ मत पाएका छन् । उनको मत निर्वाचनकै सर्वाधिक हो । यस्तै सचिमा लभकुश गौतम विजयी भएका छन् भने उपसचिवमा सरिता भण्डारी विजयी भएकी छन् । उपसचिव प्रत्यासी कमलादेवी भण्डारीलाई ३० मतअन्तरले पराजित गर्दै सरिता विजयी भएकी हुन् ।
२ सय २६ मत खसेको अर्जुनधारामा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । मंगलबार उद्घाटन भएको प्रथम नगर अधिवेशनमा बुधबार मनोनयन दर्ता गरिएको थियो ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया