बेइजिङ गुडेका रेललाई बीचैमा रोकियो
बेइजिङः पछिल्लो समय चीनमा फेरि पनि कोभिड-१९ संक्रमण बौँरिएको अवस्था छ । हालको लहरले ११ दिनभित्र १२ वटा प्रान्त, स्वायत्त प्रदेश र नगरपालिकामा फैलिँदै ३०० जनालाई सङ्क्रमित बनाइसकेको छ । यस पटकको लहरको सबैभन्दा डरलाग्दो पक्ष भनेको तीव्र रूपमा विशाल चीनका बाह्र वटा प्रान्त र प्रदेशसम्म फैलिएको अवस्था हो ।
अक्टुबर २८ सम्म बेइजिङमा २५, भित्री मङ्गोलियामा सबैभन्दा धेरै ११०, यसै गरी निङस्या, कान्सु, सानतोङ, छिङहाई, उत्तरपूर्वी हैलोङच्याङ प्रान्तसम्म फैलिएको छ । यसै बीच अक्टुबर २८ मा बेइजिङकालागि गुडेका दुई उच्चगतिको रेललाई बीचैमा रोकिएको छ । बेइजिङ आउँदै गरेका दुई रेलका एक एक कर्मचारी कोभिड-१९ सङ्क्रमितको घनिष्ठ सम्पर्कमा देखिएकोले बीच बाटोमै रोकिएको जनाइएको छ ।
साङहाईबाट बेइजिङकालागि गुडेको (जी १४) रेल सानतोङ प्रान्तको चिननान सहरको चिननान वेस्ट रेलवेमा रोकेको हो । कोभिड-१९ बाट सङ्क्रमित भएको देखिएलगत्तै उक्त व्यक्तिको ट्रेसिङ गर्दा रेलका एक कर्मचारीसँग घनिष्ठ सम्पर्क भएको जानकारी पाइएपछि उक्त रेललाई चिननान वेस्ट रेलवेमा रोकेको जनाइएको छ । उक्त रेलमा चालक दलका सदस्यसहित २१२ जना छन् । उक्त रेलमा सवार सबैलाई चिननानमा चिकित्सकीय जाँच तथा अवलोकनका लागि राखिएको छ ।
यसै गरी, च्यासिङनानबाट साङहाई हुँदै बेइजिङतर्फ गुडेको अर्को रेल (जी १०८) मा पनि यस्तै घटना दोहोरिएको हो । जसकारण उक्त रेलमा सवार १३४ जनालाई अवजर्भेसनमा राखिएको छ । चालक दलका एक सदस्य सङ्क्रमितको सम्पर्कमा रहेको जानकारी पाएलगत्तै उक्त रेललाई ख्हपैको छाङचौ सहरमा अवस्थित छाङचौ वेस्ट रेलवे स्टेशनमा रोकिएको हो । यसरी बेइजिङका लागि आएका ३४६ जनालाई अवजर्भेसनमा राखिएको हो । सम्बन्धित निकायले रेलको किटाणुशोधन कार्य तथा यात्रुहरूको परीक्षण र आवश्यक प्रबन्ध मिलाएको जनाएको छ ।
यसबाहेक, उक्त दुई रेलले बेइजिङसम्मको गन्तव्य पुग्नुअघि पार गरेका स्टेसनमा उत्रेका यात्रुहरूको पनि ट्रेसिङ गरी आवश्यक कारवाही गर्ने छ । चीनले आफ्नो उच्च प्रविधि तथा दक्ष जनस्रोतको माध्यम र स्थानीय तथा केन्द्रीय सरकारको सक्षम नेतृत्वले कोभिड-१९ र यसपछि देखिएका लहरलाई आर्थिक गतिविधि चलायमान राख्दै र जनधनको क्षति हुन नदिई आफ्नो कब्जामा राखेको देखिन्छ ।
सन् २०२० को आरम्भमा देखिएको कोरोना कहरलाई शिथिल बनाएको विशाल चीनमा त्यसपछि तीस, चालिस दिनको अन्तरालमा कुनै एक क्षेत्रमा फाटफुट रूपमा देखिँदै आए तापनि चीनले सहज रूपमा आफ्नो पकडमा लिँदैआएको छ । पछिल्लो अवस्थामा कोभिड-१९ सङ्क्रमितको मृत्यु नहुनु पनि चीनको विजयको मानक हो । यसबाहेक हाल, चीनभरि दुई अर्ब २५ करोड डोज खोप दिइसकेको छ, नब्बे प्रतिशतभन्दा बढी चिनियाँ जनताले खोप लगाइसकेका छन् ।
चीन सरकार तथा स्थानीय सरकारको सर्वप्रथम जनतालाई प्राथमिकता र सुरक्षा भन्ने नीतिको पालनासँगै युद्धस्तरमा चालिएको गतिविधिले त्यसलाई काबुमा लिन सफल पनि भएको छ । तर पनि यस पटकको लहरले केही त्रास उत्पन्न गराएको छ । चीन यसलाई निमिट्यान्न पार्न लागी परेको छ ।

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

प्रतिक्रिया