सुलिचौर-अरेश-प्युठान सडकको अवरोध हटाउँदै नेपाली सेना

काठमाडौँ - पहिरोका कारण एक वर्षदेखि अवरुद्ध सुलिचौर–अरेश–प्युठान सडकखण्ड सुचारु गराउन नेपाली सेना परिचालित भएको छ । रोल्पास्थित बटुकदल गणबाट परिचालित सेनाको ब्लाष्टर टोलीले ७ गतेदेखि दैनिक रूपमा सडक खुलाउने प्रयास जारी राखेको हो । जिल्ला प्रशासन कार्यालय रोल्पा र सुनिल स्मृति गाँउपालिकाको पहलमा सेनाले सो कार्य गरेको हो ।
गाँउपालिकाको वडा नम्बर ४ स्थित धनचौर इलाकामा पहिरो गई सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठानका दुर्गम भेगका जनता यातायात तथा सामान ढुवानी सेवाबाट वञ्चित छन् । सडक अवरुद्ध बनेपछि सुत्केरी, बालबालिका, वृद्धवेद्धालगायत बिरामीलाई उपचारका लागि अस्पतालसम्म लानसमेत कठिनाइ भइरहेको छ ।
सडक अवरुद्ध हुँदा पैदल तथा वैकल्पिक बाटो प्रयोग गरेर लामो दूरीको यात्रा गर्न स्थानीय बाध्य रहेको अवस्थामा सेनाले सडक खुलाउने पहल जारी राखेको छ ।पहिरोसहित खसेको ढुंगाले सडकको करिब २० मिटर भागमा अवरोध गरेको छ । तीव्र गतिमा पहिरो तथा ढुंगा हटाउने कार्य भइरहेकाले केही समयमै सडक सुचारु गराइने सेनाले जनाएको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

प्रतिक्रिया