प्रधानमन्त्री ओलीले गरे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा प्रधानमन्त्री ओलीले आइतबार साँझ आयोगका पदाधिकारीसँग छलफल गरेका हुन् ।
आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित अन्य आयुक्तसँग मध्यावधिक निर्वाचनबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाकाअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल सहभागी थिए ।
आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी छन् । प्रतिनिधि सभा विघटनसँगै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनकाे मिति तय गरिएको छ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया