टिकट भएका समर्थकले पनि पाकिस्तान र अफगानिस्तानबीचको खेल हेर्न पाएनन्ः आईसीसी
काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी टी–ट्वान्टी विश्वकपमा शनिबार दुई छिमेकी पाकिस्तान र अफगानिस्तान भिडे । यो खेलका लागि १६ हजारभन्दा बढी टिकट बिक्रि भएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ । तर टिकट नभएका हजारौँ समर्थक पनि खेलस्थल पुगेको आईसीसीले बताएको छ । ती समर्थकले टिकटविना नै रंगशाला प्रवेश गर्ने प्रयास गरेको पनि आईसीसीको दाबी छ ।
पाकिस्तानी अखबार दी एक्सप्रेस ट्रिब्युनका अनुसार अफगानी समर्थक दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जबर्जस्ती प्रवेश गर्न खोजेका थिए । जसकारण टिकट भएका पाकिस्तानी समर्थकले मैदान प्रवेश गर्न नपाएको बताइएको छ ।
खेल हेर्न मैदान छिर्न नपाएका ती समर्थकसँग आईसीसीले माफी मागेको छ । ‘पाकिस्तान र अफगानिस्तानबीचको खेलका लागि १६ हजारभन्दा बढी टिकट बिक्रि भएको थियो । यद्यपि टिकट नभएका हजारौँ समर्थक रंगशाला पुगेका थिए । उनीहरुले जबर्जस्ती मैदान प्रवेश गर्ने प्रयास गरे । दुबई प्रहरी र रंगशाला सुरक्षा गार्डहरूले स्थितीलाई नियन्त्रणमा लिए । हामीले इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)लाई छानबिन गर्न आग्रह गरेका छौँ । टिकट भएर पनि रंगशाला प्रवेश गर्न नपाएका समर्थकसँग आईसीसी, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र ईसीबी माफी चाहन्छौँ,’ आईसीसीले भनेको छ ।
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

वर्षाले खेल प्रभावित भएपछि नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

आइपीएलमा धोनीको चेन्नइको पाँचौं हार, कोलकाता ८ विकेटले विजयी

प्रतिक्रिया